हेडलाईनसमाचारसाहित्यबागमती

ओझेलका नारी स्रष्टाको पहिचान : काफ्लेलाई ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’

प्रहार समाचार । काठमाडौं, ९ बैशाख २०८३ बुधबार । लामो समयदेखि गाउँघरमै बसेर सामाजिक चेतना र नारी सशक्तिकरणका लागि सिर्जनात्मक योगदान दिँदै आएकी उदयपुरकी मालावती काफ्ले यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’बाट सम्मान गरिएको छ।

बाहिर प्रचार नपाए पनि भित्रभित्रै सिर्जना र समाजसेवामा निरन्तर लागिरहेका स्रष्टालाई उजागर गर्ने उद्देश्यले प्रदान गरिने यो सम्मान आज राजधानीमा आयोजित कार्यक्रममा काफ्लेलाई प्रदान गरिएको हो ।

नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको उक्त सम्मान काफ्लेलाई कथाकार भागिरथी श्रेष्ठसहितले संयुक्त रूपमा प्रदान गरेक हुन् । कार्यक्रममा पुरस्कार संस्थापक पक्षबाट इन्द्रकुमारी खनाल, समाजका पूर्वअध्यक्ष विधान आचार्य तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले काफ्लेको योगदानको चर्चको गरेका थिए ।

सम्मानसँगै काफ्लेलाई नगद २० हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको थियो । झ्याउरे गीतमार्फत सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै आएकी काफ्ले संगिनीमार्फत समाज रूपान्तरणको सन्देश मोफसलबाट फैलाउँदै आएकी छन् । उनले ग्रामीण भेगका महिलालाई संगठित गरी शिक्षित र सचेत बनाउने काममा समेत सक्रिय भूमिका खेल्दै आएकी छन् ।


सम्मान ग्रहणपछि बोल्दै काफ्लेले आफूले पढ्न नपाए पनि अरूले पढ्न पाउनुपर्छ भन्ने सोचका साथ समाजसेवामा निरन्तर लागिरहेको बताउँदै पछिल्ला तीन दशकमा महिलाहरूको अवस्थामा उल्लेखनीय सुधार आएको उल्लेख गरिन् ।

साहित्यकार विधान आचार्यले काफ्ले नारी उत्थानका लागि समर्पित स्रष्टा भएको उल्लेख गर्दै ओझेलमा रहेका र सार्वजनिक रूपमा धेरै नदेखिएका सर्जकलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको उल्लेख गरे । समारोहमा गीतकार पुष्पा खनालद्वारा रचित ‘पिरतीको गीत’ गजलको लिरिकल भिडियो समेत सार्वजनिक गरिएको थियो । सो अवसरमा संगीतकार नरेन्द्र प्यासीद्वारा संगीतबद्ध पिरतीको गीतलाई गंगा सोनामले गजल अंश प्रस्तुत गरेकी थिइन् । साहित्यकार शंकर भारतीले स्वागत गरेको कार्यक्रमको सहजिकरण साहित्यकार माधव विडारी ‘चेतन’ले गरेका थिए भने समापन समाजका महासचिव प्रकाश घायल गरेका थिए । २०७५ सालदेखि प्रदान गर्न थालिएको यो सम्मानबाट हालसम्म विभिन्न नौ जना नारी स्रष्टा सम्मानित भइसकेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button