हेडलाईनसमाचारगण्डकी

ग्रामीण भाडा मनपरी : सरकारी दरभन्दा दोब्बर असुली, ढकालको कडा ध्यानाकर्षण

प्रहार समाचार । तनहुँ, ८ बैशाख २०८३ मंगलबार । तनहुँका ग्रामीण सडकखण्डमा सार्वजनिक यातायातले सरकारी निर्धारणभन्दा धेरै भाडा असुलिरहेको भन्दै विरोध बढेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि देखाउँदै सरकारले करिब १६ दशमलव ७१ प्रतिशत भाडा बढाए पनि कतिपय स्थानमा २५ देखि ४० प्रतिशतसम्म बढी असुली भइरहेको गुनासो आएपछि भानु नगरपालिकाका वडा नं. ४ का विद्यानाथ ढकालले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्।

ढकालले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय तह, यातायात समिति तथा व्यवसायीहरूलाई तत्काल अनुगमन कडा बनाउन आग्रह गरेका छन्। उनले तोकिएको दरभन्दा बढी भाडा लिने प्रवृत्तिले सर्वसाधारणलाई थप मारमा पारेको उल्लेख गर्दै कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। ढकाल नेपाली कम्युनिष्ट पार्टी तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका उम्मेदवारसमेत हुन्।


यता, अत्यावश्यक उपभोग्य वस्तुको मूल्यसमेत अस्वाभाविक रूपमा बढ्दै जाँदा जनजीवन कष्टकर बन्दै गएको उनको भनाइ छ। उनले मूल्यवृद्धि नियन्त्रण गर्दै पेट्रोलियम पदार्थमा गरिएको हालको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button