हेडलाईनसमाचारबागमती

प्रतिनिधि सभामा मोबाइल प्रयोगमा कडाइ, फोटो–भिडियो खिच्न निषेध

प्रहार समाचार । काठमाडौँ, ८ बैशाख २०८३ मंगलबार । प्रतिनिधि सभाको बैठक कक्षभित्र अब मोबाइल प्रयोगमा कडाइ गरिने भएको छ। नयाँ कार्यसञ्चालन नियमावलीको मस्यौदाले बैठकको अनुशासन कडा बनाउँदै फोटो खिच्ने, अडियो–भिडियो रेकर्ड गर्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गर्ने प्रस्ताव अघि सारेको छ।

नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालन गर्नुपर्ने आचरण स्पष्ट गर्दै उपनियम (ट)मा बैठक कक्षभित्र मोबाइल फोन अनिवार्य रूपमा साइलेन्ट मोडमा राख्नुपर्ने, फोनमा कुरा गर्न नपाइने तथा कुनै पनि प्रकारको फोटो, अडियो वा भिडियो रेकर्ड गर्न नहुने व्यवस्था गरिएको छ। यसले सांसद तथा उपस्थित व्यक्तिहरूको व्यवहारलाई थप मर्यादित र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।


यसअघि लागू कार्यसञ्चालन नियमावलीमा यस्तो कडाइपूर्ण व्यवस्था थिएन। नयाँ मस्यौदाले भने बैठकको गोपनीयता, अनुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित प्रविधिको प्रयोगमा सीमा तोकेको देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button