लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीविजनेस

नेप्से ओरालो लाग्दा कारोबार बढ्यो, केही कम्पनीमा उछाल

प्रहार समाचार । काठमाडौं, ८ बैशाख २०८३ मंगलबार । सेयर बजार सूचक आज दोहोरो अंकले ओरालो लागे पनि कारोबार रकम भने बढेको देखिएको छ। बजार १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको हो, जसले लगानीकर्तामा सावधानी बढेको संकेत गरेको छ।

यद्यपि सूचक घट्दा पनि कारोबार रकममा सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा आज पाँच अर्ब ७७ करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ। कुल ३४७ कम्पनीको कारोबार हुँदा २१५ कम्पनीको सेयर मूल्य बढेको, ४८ कम्पनीको घटेको र ६ कम्पनीको स्थिर रहेको तथ्यांकले बजारमा मिश्रित प्रवृत्ति देखाएको छ।


यसदिन केही कम्पनीका सेयरमा उल्लेख्य उछाल देखियो। सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावरका लगानीकर्ताले १५ प्रतिशतसम्मको लाभ कमाउँदा दोल्ती पावरका लगानीकर्ताले ८.७१ प्रतिशतसम्मको घाटा व्यहोर्नुपरेको छ। समग्रमा सूचक घटे पनि छिटपुट कम्पनीमा देखिएको तीव्र वृद्धि र कारोबार रकमको बढोत्तरीले बजार अझै सक्रिय रहेको संकेत दिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button