हेडलाईनसमाचारबागमती

पश्चिम एसियामा श्रम गन्तव्य पुनः खुला, कामदार पठाउने प्रक्रिया पूर्ववत्

प्रहार समाचार । काठमाडौं, ७ बैशाख २०८३ सोमबार । केही समयदेखि युद्धका कारण रोकिएको पश्चिम एसियाका देशतर्फ नेपाली कामदार पठाउने प्रक्रिया पुनः सुरु भएको छ। सरकारले एकैपटक १२ देशमा श्रम स्वीकृति खुला गर्दै वैदेशिक रोजगारीको बाटो पुनः सहज बनाएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा सबै प्रकारका श्रम स्वीकृति पुनः लागू गरिएको छ।

यसअघि अमेरिका–इजरायल र इरानबीच तनाव चर्किएपछि फागुन १७ गतेदेखि यी देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरिएको थियो।वैदेशिक रोजगार विभागका अनुसार अब व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृति पूर्ववत् रूपमा जारी गरिनेछ। इराकको हकमा भने यसअघिकै मन्त्रिपरिषद् निर्णयअनुसार प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीको प्रतीक्षामा रहेका हजारौँ नेपाली युवालाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै वैदेशिक रोजगार व्यवसायी र श्रमिक दुवैका लागि श्रम बजार पुनः सक्रिय हुने संकेत देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button