हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका प्रजिअ र सहायक प्रजिअको कार्यकक्ष नयाँ भवनमा स्थानान्तरण

प्रहार समाचार । तनहुँ, ७ बैशाख २०८३ सोमबार । तनहुँका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष आजदेखि औपचारिक रूपमा साविक सामाजिक विकास कार्यालयको भवनमा स्थानान्तरण गरिएको छ।

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण जिल्ला प्रशासन कार्यालयको भौतिक संरचना प्रभावित भएपछि केही समयदेखि दमौली सभागृहबाट अस्थायी रूपमा सेवा प्रवाह हुँदै आएको थियो। जिल्ला प्रशासन कार्यालयका अनुसार आगलागीबाट प्रभावित भवनको तल्लो भुईँतलाको मर्मत गरी सेवाग्राहीका लागि आवश्यक सेवा सञ्चालनमा ल्याइएको छ। तर दोस्रो तलाको मर्मत कार्य सम्पन्न हुन नसक्दा प्रजिअ र सहायक प्रजिअको कार्यकक्षलाई वैकल्पिक रूपमा स्थानान्तरण गर्नुपरेको हो। सेवाग्राहीको सहजता र सेवा प्रवाहलाई व्यवस्थित बनाउन विकल्पका रूपमा साविक सामाजिक विकास कार्यालयको भवन प्रयोगमा ल्याइएको प्रशासनले जनाएको छ।

नयाँ स्थानमा सरेसँगै सेवा प्रवाहलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ। यसैबीच, सामाजिक विकास कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबीच संरचनागत एकीकरण भइसकेपछि सामाजिक विकास शाखालाई पुरानो घरेलु तथा साना उद्योग कार्यालयको भवनमा स्थानान्तरण गरिएको छ।

तर जिल्ला प्रशासन कार्यालयको दोस्रो तलाको नै मर्मत गरेर सोहि भवनबाट सेवा प्रवाह गर्न सकेको भए नागरिकहरुलाई सेवा लिन सहज हुने नागरिकहरुको भनाई छ। अब प्रजिअ र सहायक प्रजिअको कार्यकक्ष स्थान्तरण गरिएपछि नागरिकहरुलाई सेवा लिन सिडिओ कार्यालय खोज्दै धाउनु पर्ने अवस्थाको सृजना हुन पुगेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button