प्रहार समाचार । काठमाडौँ, ७ वैशाख २०८३ सोमबार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले खुला बजार विनिमय दरअनुसार विभिन्न मुलुकका मुद्राको खरिद र बिक्री दर निर्धारण गरेको जनाएको छ।

सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा कायम गरिएको छ।
यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा तथा क्यानाडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा रहेको छ। सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा कायम गरिएको छ भने जापानी येन १० इकाइको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तोकिएको छ।
त्यसैगरी चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा रहेको छ। युएई दिराम, थाई भाट, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहरेनी दिनार र ओमानी रियालको दरसमेत बैंकले सार्वजनिक गरेको छ। बैंकका अनुसार यी विनिमय दर आवश्यकताअनुसार जुनसुकै बेला परिमार्जन हुन सक्नेछन्।



























