प्रहार समाचार। काठमाडौं, ५ बैशाख २०८३ शनिबार । लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथासंग्रह ‘आमाको आँखा’ आज राजधानी काठमाडौंस्थित पद्मकन्या क्याम्पसमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ।

कार्यक्रममा साहित्य, कला र सिर्जनाको भाव पक्षलाई केन्द्रमा राख्दै विविध विचार व्यक्त गरिएका थिए। कार्यक्रममा नाट्यकार अशेष मल्लले प्रत्येक मानिस आफैंमा कथाकार हुने उल्लेख गर्दै कथा भन्ने कला मूलतः भाव अभिव्यक्तिको माध्यम भएको बताए। मल्लले कला कुनै विशेष संरचना मात्र नभई मानव भावनाको स्वाभाविक प्रकट रूप भएको चर्च गर्दै संगीतकारको भाव संगीतमा, चित्रकारको भाव रंग र क्यानभासमा तथा साहित्यकारको भाव कविता वा कथामा रूपान्तरण हुने भएकाले सबै सिर्जनाको मूल स्रोत ‘भाव’ नै रहेको उल्लेख गरे ।

लोकार्पणपछि लेखक तथा साहित्यकार अधिकारीले आफ्ना जीवनका अनुभव, सपना, कल्पना तथा समाजमा देखिने अन्याय–अत्याचारले आफूलाई निरन्तर लेखनतर्फ प्रेरित गरेको बताइन्। उनले साहित्यलाई ‘दिव्य बगैंचा’को रूपमा चित्रण गर्दै त्यसमा जति गहिरिँदै गयो, त्यति नै आनन्द, सुगन्ध र जीवनको अर्थ भेटिने धारणा राखिन्। उनले अभिव्यक्तिका रूपमा लघुकथा विधा रोजेको उनले स्पष्ट पारिन्। कार्यक्रम लघुकथा समाजको आयोजनामा भएको थियो ।
अधिकारीले साहित्य समाजको दर्पण मात्र नभई मानवीय संवेदनाको सशक्त प्रतिबिम्ब भएको पनि उल्लेख गरिन्। व्यस्त जीवनशैलीका कारण आफूले छोटो तर प्रभावशाली अभिव्यक्तिका रूपमा लघुकथा विधा रोजेको उनले स्पष्ट पारिन्।
कार्यक्रम लघुकथा समाजको आयोजनामा भएको थियो ।




























