लुम्बिनीकोशीहेडलाईनमदेशसमाचारकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीसूचना प्रविधि

आजको मौसम : पहाड–हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना

प्रहार समाचार । काठमाडौँ, ६ वैशाख २०८३ आईतबार । देशका तराई भू–भागमा तापक्रम बढ्दै तातो दिनको सम्भावना बढिरहँदा पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदलीसँगै हल्का वर्षा तथा हिमपातको संकेत देखिएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा यस्तो मिश्रित अवस्था देखिएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का हिमपातको अनुमान गरिएको छ !


यता मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ । तर उच्च तापक्रमका कारण तातो दिनको प्रभाव देखिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button