हेडलाईनव्याससमाचारगण्डकी

लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा अधिकारी चयन

प्रहार समाचार । तनहुँ, ५ बैशाख २०८३ शनिबार । लायन्स क्लब अफ तनहुँ दमौलीको अध्यक्षमा सञ्जिव अधिकारी चयन भएका छन् । क्लवको आज सम्पन्न नवौं साधारणसभा तथा आठौं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा महेन्द्र रिजाल, द्वितीय उपाध्यक्षमा सन्तोष दाहाल, तृतीय उपाध्यक्षमा गौरब खड्का, सचिवमा सुमन श्रेष्ठ र कोषाध्यक्षमा मिन कुवर चयन भएका छन् । कार्यक्रम क्लवका अध्यक्ष बसन्त जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साधारणसभामा बोल्दै संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठले सामाजिक सेवामा निरन्तरता र सक्रियता आवश्यक रहेको उल्लेख गर्दै सेवा भावलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । व्यास–४ का वडा सदस्य तथा पूर्व अध्यक्ष सरोज भण्डारीले क्लवले स्थानीय स्तरमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । नवनिर्वाचित अध्यक्ष सञ्जिव अधिकारीले सबै सदस्यको सहकार्यमा सामाजिक सेवामूलक कार्यक्रमलाई अझ विस्तार गर्ने उल्लेख गर्दै संस्थाको गरिमा उकास्न प्रतिबद्ध रहेको बताए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button