प्रहार समाचार । तनहुँ, ५ बैशाख २०८३ शनिबार । नेपाली कम्युनिस्ट पार्टीका व्यास–१ का वडा अध्यक्ष दिनेश घले, सोही वडाका श्रीप्रसाद न्यौपाने तथा नेकपा एमालेका जिल्ला कमिटी सल्लाहकार सदस्य अर्जुन सुनार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रदेश गरे छन् । तनहुँको व्यास–११ मा आज आयोजित नगरस्तरीय शुभकामना आदान–प्रदान कार्यक्रममा उनीहरूले पार्टी प्रवेश गरेका हुन्।

कार्यक्रममा नवप्रवेशीहरूलाई रास्वपाका जिल्ला सभापति विश्व बास्तोला, व्यास नगर सभापति चूडार्माण दाहाललगायतका नेताहरूले लोगो र खादा लगाएर स्वागत गरेका थिए।त्यस अवसरमा बोल्दै जिल्ला सभापति बास्तोलाले पार्टीप्रति जनविश्वास बढ्दै गएको र वैकल्पिक शक्तिको रूपमा रास्वपा स्थापित हुँदै गएको बताए।

नगर सभापति दाहालले संगठन विस्तारलाई तीव्र बनाउँदै जनताका अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा अन्य वक्ताहरूले पनि नयाँ सोच र जिम्मेवार राजनीतिमार्फत देश परिवर्तन सम्भव रहेको धारणा राखेका थिए।




























