प्रहार समाचार । तनहुँ, ५ बैशाख २०८३ शनिबार । तनहुँको दमौलीबाट हिमाली धार्मिक स्थल मुक्तिनाथ पुग्ने सिधा डिलक्स बस सेवा सुरु भएसँगै तीर्थयात्रीलाई अब यात्रा झन्झटमुक्त हुने भएको छ। स्थानीय यातायातको सहकार्यमा सञ्चालनमा आएको यो सेवा विशेषगरी दर्शनार्थीको चाप बढ्दै गएको अवस्थामा लक्षित गरी सुरु गरिएको हो।

शाखा प्रमुख चित्र गुरुङ दमौलीदेखि पोखरा, जोमसोम हुँदै मुक्तिनाथसम्मको यात्रा अब सुरक्षित र आरामदायी बन्ने विश्वास व्यक्त गर्छन् । बिहान ६:३० बजे दमौलीको दुर्गा मन्दिरबाट बस छुट्नेछ भने जोमसोमबाट बिहान ९:०० बजे फर्किने व्यवस्था गरिएको छ। सेवा नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए ।

यस पहलले गण्डकी प्रदेशभित्र धार्मिक पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ। साथै दुर्गम हिमाली क्षेत्रसम्म सहज पहुँच विस्तार हुँदा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यात्रुहरुलाई पनि अब गाडिनै रिजर्भ नगरि सहुलियत भाडा दरमा दुई दिनमा नै मुक्ति नाथ मन्दिरको दर्शन गरेर फर्कन पाउने भएका छन् ।



























