हेडलाईनसमाचारविजनेसबागमती

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

प्रहार समाचार । काठमाडौं,५ बैशाख २०८३ शनिबार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ७५ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५६ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९३ पैसा तोकिएको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०९ पैसा रहेको छ ।


केन्द्रीय बैंकका अनुसार अन्य मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गिट, दक्षिण कोरियाली वन, स्विडिस क्रोनर, डेनिस क्रोनर र हङकङ डलरको विनिमय दर पनि आजका लागि सार्वजनिक गरिएको बैंकले जनाएको छ । साथै कुवेती दिनार, बहराइन दिनार र ओमानी रियाल जस्ता उच्च मूल्यका मुद्राहरूको दरसमेत निर्धारण गरिएको छ । बैंकले आवश्यकताअनुसार यी विनिमय दरहरू जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button