हेडलाईनसमाचारप्रदेश

सर्बोच्च अदालतले दियो गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता

प्रहार समाचार । काठमाडौं, ४ वैशाख २०८२ शुक्रबार । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। अदालतको उक्त निर्णयसँगै पार्टीभित्रको नेतृत्व विवाद टुंगिएको छ भने गगन थापाको समूहलाई वैधानिकता प्राप्त भएको छ।

अदालतले दुवै पक्षको दाबी र प्रमाणको अध्ययनपछि गगन थापा नेतृत्वलाई नै वैधानिक ठहर गरेको हो। यस विवादमा पूर्णबहादुर खड्का पक्ष पनि प्रमुख रूपमा संलग्न रहेको थियो।

निर्णयसँगै पार्टीभित्रको शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा गरिएको छ। अब पार्टी संगठन र गतिविधि थापा नेतृत्वमै अघि बढ्ने स्पष्ट भएको छ भने खड्का पक्षको भूमिका पनि आगामी दिनमा कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button