हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भिक्टोरियाको ‘भिवा एनर्जी’ रिफाइनरीमा आगलागी, विश्व इन्धन आपूर्तिमा असर पर्ने चिन्ता

प्रहार समाचार । काठमाडौं, ४ बैशाख २०८३ शुक्रबार । अस्ट्रेलियाको भिक्टोरिया राज्यको जिलङ नजिक रहेको ‘भिवा एनर्जी’ तेल प्रशोधन केन्द्रमा भीषण आगलागी भएको छ। ऊर्जा मन्त्री क्रिस बोवेनले बिहीबार बिहान दिएको जानकारीअनुसार उक्त घटनाले देशको राष्ट्रिय इन्धन आपूर्तिमा प्रत्यक्ष असर पार्ने देखिएको छ।गए राति लागेको आगलागीसँगै ठूला विस्फोटहरू भएका थिए। त्यसपछि आकाशभरि बाक्लो धुवाँ फैलिएको देखिएपछि आपतकालीन चेतावनी जारी गरिएको थियो। उ

उक्त रिफाइनरी अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई प्रमुख तेल प्रशोधन केन्द्रमध्ये एक हो। तथ्याङ्कअनुसार यसले भिक्टोरिया राज्यको करिब ५० प्रतिशत र राष्ट्रिय इन्धन आपूर्तिको झण्डै १० प्रतिशत हिस्सा ओगटेको छ। मन्त्री बोवेनले विशेषगरी पेट्रोल उत्पादनमा बढी असर पर्ने संकेत गरेका छन्। दमकल विभागका अनुसार आगलागी रिफाइनरीको मोटर ग्यासोलिन एकाइबाट सुरु भएको थियो जहाँ आगोको लप्का करिब ६० मिटर उचाइसम्म पुगेको थियो। अधिकारीहरूका अनुसार हालसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन र सबै कर्मचारी सुरक्षित रहेका छन्।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा नआउँदासम्म सावधानीस्वरूप डिजेल र जेट इन्धन उत्पादन सीमित गरिएको छ। स्थानीय प्रशासनले जिल्लङ आसपासका बासिन्दालाई घरभित्रै बस्न, झ्याल–ढोका बन्द गर्न तथा एयर कन्डिसन प्रणाली बन्द राख्न आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button