हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

२४ घण्टाभित्र लाइसेन्स छपाइ: मन्त्री तिमिल्सिनाको घोषणा

प्रहार समाचार । काठमाडौ ४ बैशाख २०८३ शुक्रबार । संचार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै अब ट्रायल पास गरी राजस्व तिरेको २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापी हस्तान्तरण गर्ने व्यवस्था लागू भएको जानकारी दिएका छन्। उनले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न छपाइ प्रक्रियालाई तीव्र बनाइएको र सबै बाँकी लाइसेन्स असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।

हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। मन्त्री तिमिल्सिनाले केन्द्रका उपकरण प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन दिँदै विगतमा थन्किएका मेसिनहरू सञ्चालनमा ल्याइएको उल्लेख गरे।

नागरिकको डाटा सुरक्षा सुनिश्चित गर्न पनि उनले विशेष जोड दिएका छन्।त्यस्तै, सरकारले सेवा प्रवाह सुधारसँगै मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर वृद्धि गर्ने लक्ष्य राखेको मन्त्री तिमिल्सिनाको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button