हेडलाईनसमाचारविजनेसप्रदेश

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ उठाइँदै

प्रहार समाचार । काठमाडौं, ४ बैशाख २०८३ शुक्रबार । क नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न एक खर्ब रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ। उक्त रकम ५६ दिनका लागि उठाइनेछ र यसका लागि आज शुक्रबार दिउँसो ३ बजे अनलाइन बोलकबोल (बिडिङ) प्रक्रिया सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ। यसअघि पनि राष्ट्र बैंकले गत बुधबार ५६ दिनकै अवधिका लागि ४० अर्ब रुपैयाँ बजारबाट उठाइसकेको थियो।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अत्यधिक मात्रामा थुप्रिँदै गएपछि त्यसलाई सन्तुलनमा राख्न राष्ट्र बैंकले यस्तो कदम चालेको हो। यस प्रक्रियामार्फत राष्ट्र बैंकले निश्चित ब्याजदर प्रदान गर्दै बजारबाट तरलता तान्ने गर्दछ, जसले समग्र वित्तीय प्रणालीलाई स्थिर बनाउन सहयोग पुर्‍याउँछ।

यता तरलता अभाव भएको अवस्थामा भने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट अल्पकालीन सुविधा (जस्तै: स्थायी तरलता सुविधा) लिने गर्छन्। तर हालको अवस्थामा भने बैंकिङ प्रणालीमा पर्याप्तभन्दा बढी तरलता रहेको देखिन्छ। हाल बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३.९१ प्रतिशतमा रहेको छ, जुन तुलनात्मक रूपमा सहज अवस्थालाई जनाउने सूचक हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button