हेडलाईनसमाचारगण्डकी

लमजुङमा भालुको आक्रमणबाट वृद्ध घाइते

• विजय अधिकारी संवाददाता ) लमजुङ, २६ मंसिर २०८२ शुक्रबार । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेमा भालुको आक्रमणमा परि एक वृद्ध गम्भीर घाइते भएका छन्। गाउँ नजिकै भैसी गोठ सञ्चालन गर्दै आएका ७८ वर्षीय प्रेमबहादुर गुरुङ घर छेउकै उइडो खोला किनारमा जङ्गलबाट घाँस बोकेर फर्कँदै गर्दा हिंजो आक्रमणमा परेका हुन्।

लगातार वर्षौँदेखि दैनिक घाँस–दाउरा तथा गोठालोको काम गर्दै आएका गुरुङलाई करिब ९ बजेतिर अचानक झाडीबाट निस्किएको भालुले आक्रमण गरेको स्थानीय राजु गुरुङ बताउँछन्। आक्रमणका क्रममा गुरुङको दाहिने कानमा गहिरो चोट लागेको छ भने शरीरका अन्य भागमा समेत sizable चोट देखिएको प्रहरीको प्रारम्भिक जानकारी छ।

घाइते गुरुङलाई स्थानीयको सहयोगमा प्रदेश अस्पताल लमजुङ पुर्‍याइए पनि अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button