• बिजय अधिकारी ( संवाददाता ) लमजुङ, २१ असोज २०८२ गलवार । वर्षाले अवरोध डुम्रे–बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पहिरोको जोखिम बढेपछि प्रशासनले असोज १८ देखि २० गतेसम्म सवारी आवागमन रोकिदिएको थियो।

हाल मौसममा सुधार आएसँगै काठमाडौं, पोखरा, चितवनलगायत स्थानतर्फका सवारीहरू सञ्चालनमा आएका छन्। यद्यपि, सडक साँघुरो र चिप्लो भएकाले रातिको यात्रा अझै रोकिएको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । प्रशासनले जोखिम न्यून नभएकाले सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ।
ग्रामीण सडक सञ्जालमा भने कुनै अवरोध छैन र बाढीपहिरोबाट जिल्लामा ठूलो क्षति नभएको प्रहरीको भनाइ छ। जोखिमप्रति सचेत रहँदै यातायात पुनर्सञ्चालन गरिएको अधिकारीहरूले बताएका छन्।



























