हेडलाईनसमाचारप्रदेश

‘तानाशाहीको हिसाब होस्’: जेनजीको ‘एरेस्ट ओली–लेखक’ अभियान

प्रहार समाचार । काठमाडौँ, २० असोज २०८२ सोमवार । जेनरेशन जेड (जेनजी) आन्दोलनमा संलग्न युवा अगुवाहरूले सामाजिक सञ्जालमा ‘#Arrest_Oli_Lekhak’ अभियान सुरु गरेका छन्। उनीहरूले भदौ २३ गतेको प्रदर्शनमा भएको दमनको जिम्मेवारी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले लिनुपर्ने भन्दै पक्राउको माग गरेका हुन्।

जेनजी नेतृ रक्षा बमले शान्तिपूर्ण आन्दोलनमा निहत्था विद्यार्थीहरूमाथि गोली चलाउनु तानाशाही प्रवृत्तिको संकेत भएको बताउँदै जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न माग गरेकी छन्। उनले ओलीको पुरानो विवादास्पद अभिव्यक्ति उल्लेख गर्दै, “हत्याराहरूलाई कारबाहीको दायरामा ल्याइयोस्,” भन्दै कडा प्रतिकृया दिएकी छन्।

यही अभियानमा सुधन गुरुङलगायत अन्य जेनजी सदस्यहरूले पनि ‘राष्ट्रका लागि गर या मर’ भन्ने नारासहित ओली र लेखकको तस्वीर सार्वजनिक गर्दै दबाब सृजना गरेका छन्। तीव्र रूपमा फैलिएको यस अनलाइन आन्दोलनले अहिलेको सत्ता पक्षलाई पनि जवाफदेहिताको मागसहित नयाँ चुनौती प्रस्तुत गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button