प्रहार समाचार । काठमाडौँ, २० असोज २०८२ सोमवार । अविरल वर्षापछि देशभरि आएको बाढी र पहिरोका कारण हालसम्म ५३ जनाले ज्यान गुमाएका छन् भने ७ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बलका अनुसार शुक्रबार र शनिबार परेको भीषण वर्षापछि आएको प्राकृतिक विपत्तिले सर्वाधिक क्षति कोशी प्रदेशमा पुर्याएको हो।

कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भएको छ, जसमा इलाममा ३७, पाँचथरमा ८, उदयपुर र खोटाङमा २/२ जनाको ज्यान गएको छ। रौतहटमा ३ जना, काभ्रे, बारा र अन्य जिल्लामा १/१ जनाको मृत्यु भएको जनाइएको छ। रसुवा, इलाम र काठमाडौंसहित ७ जना अझै बेपत्ता छन्।
वर्षायाममा जोखिम उच्च हुने थाहा हुँदाहुँदै पनि पूर्वतयारीको अभाव, सतर्कता नअपनाइने र सूचना प्रवाह कमजोर भएकाले मानवीय क्षति बढेको विज्ञहरूको भनाइ छ। विकट भूगोलका कारण धेरै स्थानमा उद्धार ढिलो भएको छ भने स्थानीय तह र सुरक्षाकर्मी राहत कार्यमा जुटिरहेका छन्।
बाढीपहिरोले सयौं परिवार विस्थापित भएका छन् र उनीहरू अस्थायी टहरामा बस्न बाध्य छन्। खाद्यान्न, लत्ताकपडा र स्वास्थ्य सेवाको अभाव छ। सरकार राहत तथा पुनःस्थापनाका लागि योजना बनाइरहेको भए पनि पीडितहरूले तत्काल राहतको माग गरेका छन्। मृतक र बेपत्तहुनेहरुको विवरण :





























