प्रहार समाचार । काठमाडौँ, २१ असोज २०८२ गलवार । मनसुन क्रमशः बाहिरिँदै गएको मौसम विज्ञान विभागले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भू–भागमा पश्चिमी वायुको केही प्रभाव देखिएको छ, जसका कारण ती क्षेत्रमा आंशिक बदली र वर्षा भइरहने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा पनि यस्तै अवस्था देखिनेछ।
मनसुनी वायु कमजोर हुँदै गएकाले केही दिनमै बाँकी भू–भागबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ। अब देशभरि क्रमशः चिसो मौसम सुरु हुने पूर्वानुमान गरिएको छ।



























