प्रहार समाचार । इलाम , १९ असोज २०८२ आइतवार । इलाम जिल्लामा अविरल वर्षापछि गएको पहिरोले जनजीवन तहस–नहस बनाएको छ। जिल्लाका विभिन्न पालिकामा पहिरोका कारण अहिलेसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने थुप्रै घर क्षतिग्रस्त भएका छन्। सबैभन्दा बढी देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ र इलाम नगरपालिका–६ मा ६ जनाको ज्यान गएको पुष्टि भएको छ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार हालसम्म ११ जनाको शव परीक्षण भइसकेको छ। उद्धार र क्षतिको विस्तृत विवरण संकलनको कार्य अझै जारी छ। स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली राहत तथा उद्धार कार्यमा खटिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार २३ जनाको सनाखत भइसकेको छ। मृतकमध्ये मानेभञ्ज्याङमा ५, सन्दकपुर गाउँपालिकामा ४, माङ्सेबुङमा ३ र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको छ। स्थलगत निरीक्षण तथा क्षतिको मूल्यांकन भइरहेको छ भने उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ। मृतक र घाइतेको विवरण :

























