हेडलाईनसमाचारप्रदेश

भारी वर्षाका कारण असोज १९ र २० गते दुई दिने सार्वजनिक बिदा घोषणा

प्रहार समाचार । काठमाडौं, १८ असोज २०८२ शनिवार । देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना बढ्दै गएपछि सरकारले असोज १९ र २० गते दुई दिने सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लगातारको वर्षाले बाढी, डुबान, भूक्षय तथा सडक र हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको भन्दै गृह मन्त्रालयले जनधनको सुरक्षा सुनिश्चित गर्न यो निर्णय गरेको हो।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले भने, विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय तथा निकायमा बिदा लागू हुने बताएका छन्। दसैँ बिदापछि आइतबार कार्यालय खुल्ने तयारी भइरहेका बेला थप दुई दिन बिदा थपिएको हो।

सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र सुरक्षात्मक निकायलाई विपद् व्यवस्थापनका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिएको छ। यस्तो जोखिमको बेला जनताको सुरक्षालाई प्राथमिकता दिँदै सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button