प्रहार समाचार । कापिलवस्तु , १८ असोज २०८२ शनिवार । धनगढीबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ५७०३ नम्बरको नाईटबस कपिलवस्तुको वनकसवासामा शनिबार बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको छ। दुर्घटनामा बसमा सवार ३६ जना घाइते भएका छन् भने आठ जनाको अवस्था गम्भीर रहेको छ। Photo : ktm post

कपिलवस्तु प्रहरीले प्रारम्भिक अनुसन्धानमा बस सडक छेउमा पल्टिएको बताएको छ। दुर्घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। घाइतेहरुलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ।
यस घटनाले यात्रु सुरक्षामा प्रश्न उठाएको छ भने यात्रुहरूले दुर्घटना रोक्न सडक सुरक्षा नियम कडाइका साथ लागू गर्नुपर्ने माग गरेका छन्। प्रहरीले यात्रुहरूको सहयोग र सचेतना आवश्यक भएको जनाएको छ।
























