हेडलाईनसमाचारगण्डकी

गोरखामा गयो आज बिहानै भूकम्प : पूर्व तयारी रहनुपर्ने

प्रहार समाचार । गोरखा , १७ भदौ २०८२ मङगलवार । आज बिहान गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ स्थित हंशपुर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ६:१५ बजे चार रेक्टरस्केलको कम्पन मापन गरिएको हो।

गत केही हप्तादेखि नेपालका विभिन्न स्थानमा ससाना तीव्रताका भूकम्पहरू गइरहेका छन्। भदौ १ गते मात्र रामेछापको हेलम्चो क्षेत्रमा पनि यस्तै प्रकृतिको चार रेक्टरस्केलको भूकम्प आएको थियो। यस्ता लगातारका धक्काले सतर्क रहनुपर्ने सन्देश दिएको विज्ञहरूको भनाइ छ।

नेपालको भूगर्भीय संरचना हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ भूकम्पको उच्च जोखिम रहन्छ। विज्ञहरूले सानातिना भूकम्पलाई सामान्य ठान्न नहुने र पूर्वतयारी आवश्यक रहेको चेतावनी दिँदै आएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button