हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मनसुन सक्रिय

प्रहार समाचार । काठमाडौँ, १२ भदौ २०८१ बिहीवार । आज देशका धेरै भूभागहरुमा रातिदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म पानी पर्ने क्रम जारी रहने जनाएको छ। मौसमविद् डेविड ढकालका अनुसार आज बेलुकासम्म अधिकांश ठाउँमा लगातार पानी पर्ने छ भने भोलि र पर्सि पनि वर्षा अलि कम भए पनि रहिरहने सम्भावना छ ।

अहिले बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै भू-भागमा मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भू-भागमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना छ। राति पहाडी भू-भागका धेरै स्थान र बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।


महाशाखाले वर्षाका कारण पहिरो, बाढी र नदीमा पानीको सतह बढ्ने जोखिम रहेको भन्दै आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास छ भने बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको विभागले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button