प्रहर समाचार । तनहुँ, १४ साउन २०८२ बुधवार । प्लास्टिक झोला निषेध अभियान अन्तर्गत अनुगमनका लागि व्यास नगरपालिका वडा नं. ३ स्थित तरकारी लाइन पुगेको नगर टोलीमाथि दुर्व्यवहार गरेका एक किराना व्यवसायी परिवारलाई धरौटीमा रिहा गरिएको छ।

आज तनहुँ जिल्ला अदालतले पिन्टु (काले) किराना पसलका सञ्चालक र उनका परिवारलाई १६ हजार धरौटीमा रिहा गर्ने आदेश दिएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी लक्ष्मी रिमाल अधिकारीले जानकारी दिइन्ब । उनिहरुलाई घटनाको प्रारम्भिक अनुसन्धानपछि अदालतले धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले प्लास्टिक झोला प्रयोग नियन्त्रणका लागि तरकारी बजार क्षेत्रमा अनुगमन तीव्र पारेको छ। यसै क्रममा बुधबार अनुगमनमा गएको टोलीलाई व्यापारीले सार्वजनिकरूपमा अपशब्द बोलेको आरोपमा नगर प्रहरीले बिहीबार बिहान पसल सञ्चालक र उनका परिवारलाई नियन्त्रणमा लिएको थियो।

नगरपालिकाले भने सार्वजनिक पदाधिकारीमाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाउँदै यस्ता कार्यलाई कानूनी दायरामा ल्याउने प्रक्रियालाई निरन्तरता दिने जनाएको छ।


























