हेडलाईनसमाचारघिरिङगण्डकीस्वास्थ्य

तनहुँको घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सेवा सुरु

प्रहार समाचार । तनहुँ, १४ साउन २०८२ बुधवार । तनहुँको घिरिङ गाउँपालिकाले सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमै अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, गण्डकी प्रदेशबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको अल्ट्रासाउण्ड मेसिन सुन्धारा स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको हो।

गाउँपालिका अध्यक्ष होमबहादुर थापाले वडाध्यक्ष तहलसिंह थापालाई उपकरण हस्तान्तरण गर्दै सेवा औपचारिक रूपमा सुरुवात गरे ।

कार्यक्रमकै अवसरमा क गर्भवती महिलाको परीक्षण गरेर सेवा सुरु गरिएको थियो। अध्यक्ष थापाले गर्भवती महिलाले कम्तीमा आठपटक जाँच गराएमा सरकारले उपलब्ध गराउने सबै सुविधा सहजै प्राप्त गर्न सक्ने जानकारी दिँदै, मातृशिशु मृत्यु दर घटाउन नियमित परीक्षण र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी अनिवार्य हुने बताए। उनले आधुनिक उपकरणको सदुपयोग गर्न सबैलाई आग्रह गरे।

प्रारम्भिक चरणमा प्रत्येक हप्ता बुधबार सेवा दिने व्यवस्था गरिएको छ भने आवश्यकता अनुसार अन्य स्वास्थ्य संस्थामा पनि सेवा विस्तार गरिने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल ले बताए । कार्यक्रममा कार्यपालिका सदस्य पार्वती बिक, ईश्वरी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ, महिला स्वयंसेविका तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको स्वागत र सहजिकरण क्रमशः रिमाल र प्रितम थापाले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button