हेडलाईनसमाचारगण्डकीविजनेसनगरपालिका /गाउँपालिका

बजार अनुगमन टोलीमाथि दुर्व्यवहारप्रति तनहुँ उद्योग वाणिज्य संघको ध्यानाकर्षण

प्रहार समाचार । तनहुँ , १३ साउन २०८२ गलवार । तनहुँको व्यास नगरपालिका- ३, स्थित पिन्टु किराना एण्ड तरकारी पसलमा अनुगमन गर्न गएका जनप्रतिनिधि र कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति तनहुँ उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय निकायलाई प्रचलित कानुनअनुसार अनुगमन गर्ने अधिकार भएको स्मरण गराएको छ।

संघले अनुगमनका क्रममा केही कुरा चित्त नबुझेको अवस्थामा सम्बन्धित निकायमा गुनासो राख्न सकिने व्यवस्था रहेको उल्लेख गर्दै सार्वजनिक स्थलमा अनुगमन टोलीमाथि गालीगलौज र मानमर्दन गर्नु निन्दनीय कार्य भएको जनाएको छ। यस्ता अवाञ्छित गतिविधि दोहोरिन नदिन व्यवसायीलाई संयमित रहन आग्रह गरिएको छ।

व्यवसायिक आचारसंहिताको पालना गर्दै अनुशासित ढङ्गले व्यापार सञ्चालन गर्न संघले सबै व्यवसायीलाई आह्वान गरेको छ। साथै, कुनै समस्या परेमा संघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्दै संघले सुशासनको पक्षमा आफूहरू दृढ रहेको अध्यक्ष बैकुण्ठनाथ मिश्रले स्पष्ट पारेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button