हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मनसुनी गतिविधि सक्रिय, तर ठूलो पानी भने नपर्ने

प्रहार समाचार । काठमाडौं, १४ साउन २०८२ बुधवार । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहे पनि प्रणाली कमजोर भएकाले ठूलो पानी पर्ने सम्भावना आजका लागि कम छ ।

दिउँसो सुदूरपश्चिमलगायतका पहाडी क्षेत्रका धेरै स्थान तथा केही तराई भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। तर, मनसुनको कमजोर अवस्थाका कारण भारी वर्षाको जोखिम भने न्यून रहेको बताइएको छ ।

रातिको समयमा पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यद्यपि, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको मौसमविद्हरूको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button