हेडलाईनसमाचारप्रदेश

प्रचण्ड हावाहुरीले लियो ज्यान : प्रतीक्षालयमै च्यापिएर दुईको मृत्यु, तीन गम्भीर घाइते

प्रहार समाचार । नवलपरासी, २ जेठ २०८२ शुक्रवार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालामा शुक्रबार अपरान्ह भीषण हावाहुरीसँगै परेको पानीले ठूलाे विपत्ति ल्याएको छ। प्रतीक्षालयमा ओत लागिरहेका स्थानीय पाँच जनालाई रूख ढलेर च्याप्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलका अनुसार ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीया दुर्गाबहादुर पुनको घटनास्थलमै निधन भएको हो। प्रतीक्षालयमाथि रूख ढल्दा संरचना नै भत्किएको प्रहरीले जनाएको छ।

घटनामा ४० वर्षीया नरमति परियार, ५१ वर्षीया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा गम्भीर घाइते भएका छन्। उनीहरूको उपचार अहिले रुपन्देहीको देवदह मेडिकल कलेजमा भइरहेको छ। स्थानीय तहले राहत र सहयोगको प्रक्रिया अघि बढाइरहेको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button