हेडलाईनसमाचारप्रदेश

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट गयो ज्यान

प्रहार समाचार । कपिलवस्तु , २ जेठ २०८१ शुक्रवार । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ बसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ। आज बिहान करिब ५:४५ बजे पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा गोरुसिङ्गेतर्फ गइरहेको बा ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका लागि तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले मादक पदार्थ सेवन नगरेको पुष्टि भएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button