हेडलाईनसमाचारप्रदेश

युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सुशिल बि. क. (प्रहार संवाददाता) काठमाडौं, २ जेठ २०८२ शुक्रवार । वैदेशिक रोजगारीका लागि युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटका ५४ वर्षीय न्याउरे तामाङ र ताप्लेजुङका ३५ वर्षीय जीवन कडरिया रहेका छन्। तामाङले दुई जनाबाट २ लाख ६९ हजार र कडरियाले तीन जनाबाट ३ लाख २० हजार ठगी गरेको उजुरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखा र काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button