• सुशिल बि. क. (प्रहार संवाददाता) तनहुँ, २१ बैशाख २०८१ आइतवार । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.- ५ मा रहेको माइ छिम्केस्वरि समुहका कृषक हरुलाई मौरीको घार आज बितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँको सहयोगमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरि बहादुर चुमानले घार बितरण गर्दै कृषिलाई आधुनिक र उन्नत ढङ्गले विकास गर्न सके गाउँमै रोजगारीको अबसर प्राप्त हुने बताए । उनेले अबको क्रान्ति भनेकै कृषि क्रान्ति भएकोमा जोड दिए ।
ग्रामिण पोषण सुरक्षण कार्यक्रम अन्तरगत समहुलाई १ सय ९ थान मौरीकको घार, ४ वटा मह छान्ने मदानि, मह छोप्ने जालि लगातयका सामग्रहीहरु हस्तान्तरण भएको थियो ।
सो अवसरमा कृषकहरुलाई विभिन्न जातका बिउबिजन समेत बितरण गरिएको थियो । साथै सो अवसरमा चक्र देबि कृसक समुह र इन्द्र देबि कृशक समुहलाई कुटानि, पिसानि मेसिन, त्रिपाल, तौल मेसिन समेत हस्तानतरण गरिएको आँबुखैरेनी गाउँपालिका वडा नं.-५ का अध्यक्ष सन्तोष गुरुङ्गले बताए । हस्तान्तरण कार्यक्रममा कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख गोपाल शार्मा लामिछाने, माइ छिम्केस्वरि समुहकी अध्यक्ष टुक माया मगर लगायतको सहभागिता रहेको थियो ।

























