हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पाँच प्रदेशमा वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २२ बैशाख २०८२ सोमवार । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जस्काकारण आज देशका पाँच प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज  लुम्बिनी र गण्डकी प्रदेशका केहि  स्थानहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज  सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ । 

आज देशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।


लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button