हेडलाईनसमाचारप्रदेश

सुनसरीमा ७ सय ८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको ट्रक र गाँजा प्रहरीले अब के गर्छ ?

प्रहार समाचार । सुनसरी, १९ बैशाख २०८२ शुक्रवार ।  सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजासहितको ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं- १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा चेकजाँचका क्रममा गाँजा बरामद गरेको हो।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शंका लागि जाँच गर्दा ट्रकको ड्राइभर सिटमाथि बनाइएको बक्साभित्र २२ वटा पोकामा लुकाएर राखिएको गाँजा फेला परेको हो। त्यही ट्रकमा ‘ना ७ ख २८१’ नम्बर प्लेटसमेत फेला परेको छ। प्रहरीले ट्रकसहित चालक सुनसरी बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय मनोज परियार र सहचालक धनकुटा सिदुवा नगरपालिका–६ का १८ वर्षीय आकाश राईलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका दुबैजनालाई गाँजासहित ट्रक सहित आवश्यक कारबाहीका लागि बुधबार राति जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

यसअघि बुधबार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस, धनकुटाले ४ सय २१ किलो गाँजासहितको कार नियन्त्रणमा लिएको थियो।

त्यसैगरी, सोही स्थान नजिकै केरावारी पोल्ट्री फर्म प्रालिको बिल देखाउँदै १ सय ५० बोरा मल बोकेको ‘ना ५ ख ३२०९’ नम्बरको ट्रकलाई पनि शंका लागि जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा अन्य सामान नभए पनि फल्स बटम ९ढोका जस्तो बनाइएको खाली भाग० देखिएपछि ट्रकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।- साभार arthadabali ह


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button