प्रहार समाचार । गैंडाकोट, १९ बैशाख २०८२ शुक्रवार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गैंडाकोट नगर एकाईको आयोजनामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय कार्यक्रम मध्ये एक महत्त्वपूर्ण दिनको रुपमा मनाइने बिद्यार्थी दिवसको अबसरमा
दिप प्रज्वलन कार्यक्रम नवलपुर को गैंडाकोटमा गत बिहिवार बेलुका सप्पन्न भएको छ ।

कार्यक्रमका बोल्दै प्राज्ञिक बिद्यार्थी परिषद् नेपालका राष्ट्रिय सम्पर्क प्रमुख बिष्णु प्रसाद पंगेनीले परिषद्ले गर्ने रचनात्मक गतिविधिले विद्यार्थी र शिक्षकबीचको सम्बन्ध राम्रो हुने र सकारात्मक प्रबाभ पार्ने साथै विद्यार्थीहरुलाई विभिन्न रचनात्मक गतिविधि गर्न रुचि बडेको बताए ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल भरतपुर महानगर संगठन सचिब मदन तामाङ , गैंडाकोट नगर संगठन सचिब महेन्द्र ढुङ्गाना , प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जनक क्याम्पस सयोजक दिवाकर अधिकारी लगायतको उपस्तिथि रहेको थियो।

कार्यक्रममा परिषद्का विद्यार्थीहरु द्वारा विभिन्न शिर्षकमा आफ्ना धारण राखेका थिए ।
परिषद्का सदस्य सुमिना पराजुलीले सहजिकरण गरेको कार्यक्रम परिषद नेपालका सदस्य सुष्मा सुवेदीको संयोजकत्वमा सम्पन्न भएको परिषद्का गण्डकी प्रदेश मिडिया प्रमुख आकाश बि.क.ले जानकारी दिए ।

























