प्रहार समाचार । तनहुँ,१८ बैशाख २०८२ बिहिबार । स्वास्थ्य तथा जनसङ्का मन्त्री प्रदिप पौडेलले तनहुँको शुक्लागण्डकी -५, बेलचौतामा रहेको र जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आज बाट सञ्चाली डायलासिस सेवा सेन्टरको उद्घाटन गरेका छन्।

सेन्टरको आज उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य जस्तो संवेदनशील विषयम मन्त्रालयले देखिने गरि काम गरिरहेको बताए ।

उक्त केन्द्र शुक्लागण्डकी नगरपालिका, लायन्स क्लबको सहयोगमा डायलाइसिस उपकरण र जनशक्ति जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले व्यवस्थापन गरी सञ्चालन गरिएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार केन्द्रमा सात वटा डायलासिस मेसिन जडान गरिएको छ ।

डायलायसिस सेन्टर निर्माणमा शुक्लागण्डकी नगरपालिका लगायत अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ । जीपी अस्तालमा यस क्षेत्रमा सक्रिय विभिन्न सामाजिक संघ संस्थाहरु लायन्स क्लव अफ खैरेनीटार, म्याग्दे र लायन्सक्लव अफ शुक्लागण्डकी सिस्टर्सको विशेष सहयोग रहेको छ । डायलासिस सेन्टर स्थापना भएपछि शुक्लागण्डकी सहित भिमाद, म्याग्दे, ऋषिङ, घिरिङ र स्याङजाको हरिनासका विरामीले लाभ लिन सक्ने लायन्स डायलसिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले जानकारी दिए ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि सहयोग गरेको केन्द्रले जनाएको छ । उक्त केन्द्रमा डायलासिस सेन्टर सञ्चालन गर्न लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । जिल्लामा दमौली अस्पताल र आँबुखैरेनी अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला खराब भएका बिरामीलाई सास्ती भइरहेकाले क्लबले सो अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता हटाउन क्लबले डायलासिस सेन्टर स्थापना गर्न डायलासिस मेसिन सहयोग गर्ने निर्णय भएको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाको नगर प्रमुख कृष्ण राज पण्डिले डायलासिस सेन्टर स्थापना हुनुले यस भेगका जनतालाई धेरै ठूलो राहत मिलेको बताए ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व. गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा उपलब्ध भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका,ऋषिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा, नवलपरासीलगायतका बिरामी सेवा लिन आउने केन्द्रले जनाएको छ ।

























