हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भारतको यस्तो निर्णय : भारतीय हवाई क्षेत्रमा पाकिस्तानका विमान प्रवेश गरे कारबाही !

प्रहार समाचार । भारत, १८ बैशाख २०८२ बिहिवार । भारतले बुधबार अबेर राति पाकिस्तानका लागि आफ्नो एअरस्पेस (हवाई क्षेत्र) बन्द गर्ने निर्णय गरेको छ। भारतले ३० अप्रिल देखि २३ मे सम्मका लागि ‘नोटिस टु एअर मिन’ (नोटाम) जारी गरी सो अवधिमा पाकिस्तानका कुनै पनि विमान भारतीय क्षेत्रमा प्रवेश गरेमा त्यसविरुद्ध कारबाही गरिने उल्लेख गरेको हो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र सेना प्रमुख उपेन्द्र द्विवेदीबीच एक घण्टासम्म उच्चस्तरीय बैठक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतले हवाई क्षेत्र बन्द गर्दा पाकिस्तानको अर्थतन्त्रमा ठूलो असर पर्नेछ। पाकिस्तानले थाइल्यान्ड, बंगलादेश, म्यानमार, श्रीलंका आदि देशमा आफ्ना विमान पठाउन लामो बाटो अपनाउनुपर्नेछ। यसले त्यहाँ हवाई यात्रा महँगो बनाउनेछ।

यसअघि पाकिस्तानले अप्रिल २३ मै भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button