प्रहार समाचार । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा म्याम्दी जिल्लाका नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज गर्बुजालाई ऊर्जा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई केही दिन अगाडि मात्रै बर्खास्त गरिएपछि गर्बुजा राज्यमन्त्रीमा नियुक्त भएका हुन्।
























