हेडलाईनसमाचारप्रदेश

शिक्षकहरू र सरकारबिच सहमति  : के के मा भयो सहमति !

प्रहार समाचार । नयाँ शिक्षा ऐन जारि सहित विगत २९ दिनदेखि सडक आन्दोलनगर्दै आएका शिक्षकहरू र सरकारबिच सहमति भएको जनाइएको छ।

शिक्षा मन्त्रालयमा आज भएको वार्तापछि सहमति भएको  हो। सहमति भने मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलन गरेपछि मात्रै सार्वजनिक गरिने तथा कति बुँदामा सहमति जुट्यो भन्ने बारेमा यो समाचार तयार पार्दा सम्म खुलाइएको छैन। 

वार्ता सकिएपछि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकका लागि हिँडेका छन्।  शिक्षा समिति सभापति अम्मरबहादुर थापाले यो अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुने बताए। सहमति जुटेको र मन्त्रिपरिषद् बैठकबाट निर्णय भएपछि सार्वजनिक गरिने थापाले जानकारी दिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button