हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास गुफा परिसर भित्र निर्मित शिव मन्दिर तथा १०८ पालाको उद्वघाटन

• सुशिल बि.क. (संवाददाता) तनहुँ, १७ बैशाख २०८२ बुधवार । व्यास नगरपालिकाका उप प्रमुख इन्दिरा दरैले धार्मिक आस्थाले मानिसमा सत्मार्गमा हिंड्ने प्रेरणा मिल्ने बताएकी छन्। उप प्रमुख दरैले उक्त कुरा  व्यास नगरपालिका वडा नं. ३ मा रहेको व्यास गुफा परिसरमा नवनिर्मित शिव पार्वतीको मुर्ति र १ सय ८ दिप पालाको  आज उद्घाटन गर्दै बताएकी हुन्।

उप प्रमुख दरैले नगर भित्रका धार्मिक मठ मन्दिर तथा ऐतिहासिक सम्पदहरुको संरक्षणमा नगरपालिका लागेको बताइन्।

त्यस अबसरमा व्यास -३ का वडा अध्यक्ष अनुप राना, वेद अनुयायी प्रतिष्ठानका केन्द्रिय अध्यक्ष आचार्य पण्डित कृष्णकान्त काफ्ले,नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष एव विशिष्ट सदस्य मोहन कुमार सुनार लगाएतले समाजमा धार्मिक भावना फैलाउन यस्ता कार्यले टेवा पुऱ्याउनेमा जोड दिएका थिए ।

तनहुँको ऋषिङ गाउँ पालिका वडा नं-६ निवासी स्वर्गीय रुद्रविर विश्कर्मा, स्व. भूलमायाँ विश्वकर्माको स्मृतिमा हाल व्यास ३ निवासी ऋषिङ सुनचाँदी पसलका  प्रोपाइटर समेत रहेका  छोरा/ बुहारी  दुर्गा बहादुर विश्वकर्मा र जुना कुमारी विश्वकर्माले आफ्ना  मातापिताको स्मृतिमा उक्त मन्दिर निर्माण गरेका थिए । त्यस अवसरमा विश्वकर्मा परिवारले मन्दिरको स्वामित्व  उप–प्रमुख दरैको रोहवरमा व्यास गुफा अन्न क्षेत्रका संरक्षक शान्ति स्वरुपानानन्द दामोदर बाबालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा  व्यास–१ का वडा अध्यक्ष रमेश चन्द्र हड्खले, व्यास ४ का वडा अध्यक्ष मन बहादुर गुरुङ, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उप कुलपति काशीनाथ न्यौपाने, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व सचिव केश बहादुर सुनार, व्यास क्षेत्र शिव पञ्चायन  विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई, पराशर आश्रम संरक्षण समितिका अध्यक्ष सत्य प्रसाद खनाल लगाएतको उपस्थिति रहेको थियो ।

त्यसै गरी कार्यक्रममा समाजसेवी तथा व्यापारी परशुराम श्रेष्ठ, परोपकार संस्थाका अध्यक्ष तारानाथ घिमिरे, जेष्ठ नागरीक आश्रम का अध्यक्ष शालिकराम गिरी, नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य विनोद कुमार वि.क, तनहुँ सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष कृष्ण सुनार, तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरि गहतराज लगाएतको उपस्थित रहेको थियो ।

मन्दिर निर्माणकर्ता दुर्गा बहादुर वि.कले स्वागत गरेको उक्त कार्यक्रमको सहजिकरण  तनहुँ सुनचाँदी व्यवसायी संघका महासचिव पुर्ण बहादुर वि.क.ले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button