प्रहार समाचार । कास्की, १२ बैशाख २०८२ शुक्रवार ।
मानवसेवा फाउण्डेशनको आयोजनामा आज शुक्रबार बिहान ७ बजे पोखरामा बृहत् ट्याक्सी र्याली आयोजना हुने भएको छ।

बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले यो र्याली आयोजना गरिएको हो।महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार ट्याक्सी र्याली बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर सम्पन्न हुनेछ।
“यो ट्याक्सी र्यालीले महायज्ञको सन्देशलाई पोखरावासीमाझ पुर्याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा योगदान पुर्याउने विश्वास लिएका छौं,” मूर्ति महाराजले भने । आयोजकले सम्पूर्ण पोखरेलीलाई र्यालीमा सहभागी भई महायज्ञलाई सफल बनाउन अनुरोध गरेका छन्।
यसअघि बैशाख हिंजो बिहीबार पोखरामा बृहत् साइकल र्याली सम्पन्न भएको थियो, जसमा सयौं स्थानीयले सहभागिता जनाएका थिए। महायज्ञको तयारीलाई तीव्रता दिँदै फाउण्डेशनले भोली बैशाख १३ गते मोटरसाइकल र्याली,पर्सी बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने कार्यक्रम तय गरेको छ।मानवसेवा फाउण्डेशनले महायज्ञलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न व्यापक तयारी गरिरहेको छ। ट्याक्सी र्यालीमा सहभागी भएर पोखरेलीले सामाजिक र धार्मिक सद्भावको सन्देश फैलाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ


























