प्रहार समाचार । काठमाडौँ, ११ बैशाख २०८२ बिहिवार । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूको जायज र संविधान सम्मत माग तत्काल सम्बोधन गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायधिश डा. नहकुल सुवेदीले तीन दिनभित्र विद्यालय फर्काउने वातावरण सिर्जना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ ।
नेपाल शिक्षक महासंघले गत चैत २० गते देखि नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन आज सम्म पनि जारि राखेका छन्। उनिहरु नया शिक्षा ऐन जारि नभएसम्म आन्दोलन जारि राख्ने पक्षमा देखिएका छन्। हेरौं सर्वोच्च अदालतको आदेश :






























