हेडलाईनसमाचारगण्डकी

पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, साँझ पोखरामा दीप प्रज्ज्वलन गरिने

प्रहार समाचार । कास्की, ११ वैशाख २०८२ बिहिवार ।  भारतको जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्ककारी हमलामा ज्यान गुमाएका व्यक्तिहरूप्रति गण्डकी कोटिहोम महायज्ञ आयोजक समिति पोखराले गहिरो शोक व्यक्त गर्दै यस दुखद घटनाको स्मरणमा समितिले आज साँझ दीप प्रज्ज्वलन कार्यक्रम गर्ने भएको छ ।

समितिले यो हमलालाई सिङ्गो धर्म र मानवतामाथिको आक्रमणका रूपमा चित्रण गर्दै यस्ता कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य नहुने ठहर गरेको छ।


आयोजक समितिका अनुसार पहलगामको बैसारन घाटीमा मङ्गलबार भएको उक्त हमलामा २७ जनाभन्दा बढीको ज्यान गएको थियो, जसमा नेपालका सुदीप न्यौपानेसहित अन्य पर्यटकहरू पनि परेका थिए। समितिले मृतकहरूको आत्माको शान्तिको कामना गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण समेत  गरेको छ।
यो कार्यक्रममार्फत हमलामा ज्यान गुमाउने सबैप्रति सम्मान प्रकट गर्नुका साथै शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने समितिको उद्देश्य रहेको छ।


आयोजक समितिले भनेको छ –  ‘यो हमला केवल व्यक्तिमाथि मात्र नभई हाम्रो साझा संस्कृति र धार्मिक मूल्यमान्यतामाथिको प्रहार हो। हामी सबैले एकजुट भएर यस्ता अमानवीय कार्यको विरोध गर्नुपर्छ।’
कार्यक्रममा सहभागी हुन समितिले सबै धर्मावलम्बी, सामाजिक सङ्घसंस्था र स्थानीयवासीलाई आह्वान गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button