प्रहार समाचार । कास्की, ११ बैशाख २०८२ बिहिवार । पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार गर्न प्रसार गर्न साइकल ऱ्याली गरेको छ ।

समाजमा धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले आज विहान साइकल ऱ्यालीको आयोजना गरेको हो ।

बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल ऱ्याली ड्यामसाईड-लेकसाइड हुँदै हल्लनचोक-जिरोकिलोमिटर-मालेपाटन-बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर-भैरवटोल-नालामुख-तेश्रापट्टी हुँदै महेन्दपुल-चिप्लेढुङ्गा हुदै न्यूरोड-सभागृहचोक हुँदै पृथ्वीचोक-नागढुङ्गा-पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन भएको मानवसेवा फाउण्डेशनले जनाएको छ ।

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण बर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी भएको महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताए । उनले सहभागी सम्पूर्ण पोखरेली बासीहरुलाई धन्यवाद समेत दिए ।
मानसेवा फाउण्डेशनले भोली बैशाख १२ गते मोटसाइकल ऱ्याली , बैशाख १३ गते ट्याक्सी ऱ्याली , बैशाख १४ गते फेवातालमा डुङ्गा ऱ्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने भएको छ ।

























