हेडलाईनसमाचारप्रदेश

शिक्षा मन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

• विजय अधिकारी (संवाददाता ) काठमाडौं, ११ बैशाख २०८२ बिहिवार ।  नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई  शपथ खुवाई मन्त्री पदमा नियुक्त गरेका हुन्।


शिक्षामन्त्रीबाट विद्या भट्टराईले    राजीनामा दिएपछि एमालेबाट समानुपातिक सांसद  पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन्। सपथ लिए सङ्गै पन्तले आजैबाट शिक्षामन्त्रीको कार्यभार सम्हालेका छन्।

शिक्षक आन्दोलन चर्किरहेका बेला मन्त्री भएका पन्तले सपथ नलिंदै आन्दोलको भरमा माग पूरा गर्न नसकिने बताएका थिए। उनले कानुन, निति नियम र संविधानको आधारमा काम हुने आन्दोलनको बलमा कसैको पनि माग पूरा नहुने दोहोऱ्याएका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button