हेडलाईनव्याससमाचारगण्डकी

सहकारी ठगी कसुरमा तनहुँका श्रेष्ठ कारागार चलान

प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८१ बुधवार । सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा  पक्राउ परेका तनहुँका एक व्यक्ति ५० लाख धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका छन्।

जेल चलान हुनेमा तनहुँको साविक व्यास नगरपालिका वडा नं १०, हालको व्यास नगरपालिका वडा नं ३  का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । श्रेष्ठलाई पोखरमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा शनिवार पक्राउ गरिएको थियो । 


उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । उनिहरुबाट ए अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button