प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८१ बुधवार । तनहुँको आँबुखैरेनी – ४ पुलजीपबाट लागुऔषध सहित एक युवक यूवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– ८ बस्ने वर्ष ३५ को राज कुमार सेन रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा यात्रुवाहक माईक्रो बसमा काठमाण्डौबाट पार्सलको रुपमा लुकाई छिपाई पठाइएको अवस्थामा उक्त स्थानमा डाइजेपाम ४३ एम्पूल,फेनेरागन ४३ एम्पूल र बुफ्रेनरफिन ४३ एम्पूल गरी जम्मा १२९ एम्पूल नियन्त्रित लागु औषध बरामद गरिएको हो ।
























